पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार सात सय ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर गरिएकामध्ये नौ सय ३६ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार नौ सय ९६ जना निको भएका छन् । यो सँगै देशमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा चार सय ५७ जना छन् भने नौ हजार आठ सय ८१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
[quads id=11]